Techie IT
२०८१ जेठ १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता


काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ ।

जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि हिजो बहुमत सांसद र बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्तासम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्तासम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

वरिष्ठ नेता अशोक राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गरिरहेको र अहिले भित्रभित्रै कांग्रेससँग गठबन्धनको तयारी गरिरहेको भन्दै असन्तुष्ट पक्षले बहुमतसहित नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

आज निर्वाचन आयोगले दल दर्ता गरिदिएसँगै जसपा नेपाल औपचारिक रूपमा फुटेको छ । अब सात जना सांसदसहित जसपा नामको नयाँ दल बनेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर

दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौं । टि- २० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल पनि जितेको छ । लो

सहकारी ठगीविरुद्ध काँग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौँ । नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री

मन्त्री महासेठलाई उपहार भन्दै मेयर साहले पठाए एक ट्रक धूलो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौँ । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ

Techie IT