Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीको महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

एकीकृत समाजवादीको महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ ।

ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले पेश गरेका साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाएर अहिले छलफल सुरु भएको छ । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइनेछ ।

पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ । राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख छन् । वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ ।

समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन् । साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ ।पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौँमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो

भारतको राजस्थानमा गर्मीले ६ जनाको ज्यान गयो

काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी

अवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन

काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको

नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

काठमाडौँ । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी छन् । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

भरतपुर । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्ष चुनिएका हुन्

Techie IT