Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले बाजुराको अध्यक्षमा ओली निर्वाचित

एमाले बाजुराको अध्यक्षमा ओली निर्वाचित


बाजुरा । नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले २१८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २०३ मत पाए ।

उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले २७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले १२० मत पाए । सचिवमा विजयी काशीबहादुर विकले २४१ पाउँदा प्रत्यासी जनक विष्टले १७१ मत पाए ।

उपसचिव (खुला)मा विजयी हरिबहादुर रोकायाले २७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले ११५ मत तथा उपसचिव (महिला)मा विजयी राजकला सार्कीले २७७ मत पाउँदा प्रत्यासी कल्पना महतले १२६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिएका छन् ।

यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा ४३९ जना प्रतिनिधि थिए । जसमा ४२५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईलाई ६ वर्ष कैद…

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सजाय निर्धारण भएको छ

सिरहा प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी मृत अवस्थामा फेला

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा

‘पुजार सार्की’ हेर्दा डा. बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई…

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

पोखरा । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा

शेयर बजारमा कारोबार रकम झन्डै ५ महिनायताकै उच्च

काठमाडौँ । लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

काठमाडौँ । अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

Techie IT