अवरोधको बीच विश्वासको मत लिँदै प्रधानमन्त्री (लाइभ)
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीको बीचमा प्रतिनिधिसभाको बैठक चलिरहेको छ ।
आजको बैठकको सुरुमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गरेका हुन् ।
बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरे । सभामुखले प्रतिपक्षीलाई पेलेरै कारबाही शुरु गरे । उनले विश्वासको मत माग्न प्रधानमन्त्रीलाई रोस्ट्रममा बोलाए ।
प्रधानमन्त्रीले यो सरकारले धेरै राम्रा काम गरेको केही कुरा राखेर विश्वासको मत मागे । त्यसपछि विश्वासको मतको समर्थन गर्दै एमालेका विष्णु पौडेलले पनि सत्ता नपाएकोले कांग्रेस अत्तालिएर संसदमा अनैतिक र गैरराजनीतिक क्रियाकलाप गरिरहेको आरोप लगाए ।
अहिले सदनमा प्रतिपक्षको नाराबाजी र अर्कोतिर विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय
काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)
काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर
काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि