Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा शुरु हुँदैछ । महाधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा दिउँसो १ बजे शुरु हुने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुने बताइएको छ ।

जेठ ३० गतेसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हाल पार्टी विभाजन भएकाले अध्यक्षको पदमा फेरि पनि उपेन्द्र यादव नै दोहोरिने पक्का छ ।

अध्यक्षका साथै एक​ जना सहअध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन​ उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् भने २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपन्यास ‘स्व’ सार्वजनिक

काठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम

शिवम् सिमेन्टका ३१ डिलरलाई अवार्ड

काठमाडौँ । शिवम् सिमेन्टस्ले आयोजना गरेको ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा ३१ डिलरले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् ।

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्ज –(पर्सा) – मधेस प्रदेश सरकारले चालु वर्ष प्रस्तुत गरेको बजेटभन्दा रु २२ करोड कम हुने गरी ०८१/८२ को बजेट

कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ

काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । काठमाडौँ

भरतपुर महानगरले दियो ४ हजार ५ सय २४ जनालाई निःशुल्क…

काठमाडौँ । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा चार हजार पाँच सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सांसद वाग्लेको सरकारलाई…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका

Techie IT