Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा सहमतिको प्रयास हुँदै

एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा सहमतिको प्रयास हुँदै


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो ।

१६ गतेदेखि शुरु भएको महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार रहेका छन् । यस अघि नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबि गरेकोमा अहिले भने उनी पछि हटेका छन् ।

महाधिवेशनको बन्दसत्रमा धेरै जसो प्रतिनिधिले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई नै दोहोराएर नेतृत्व दिने सुझाव दिएपछि दुवैलाई सहमतिमै नेतृत्व चयन गर्न दबाब बढाइएको छ ।

पार्टीका दोस्रो तहका नेताहरुले नेपाल र भुसालबीच सहमति गराउने प्रयास गरिरहेको बताइएको छ । पछिल्लो अपडेट अनुसार भुसाललाई वरिष्ठ उपृउपाध्यक्ष बनाएर सहमति गर्ने प्रयास भइरहेको छ । अध्यक्षमा सहमति भएमा अन्य पदमा पनि सहमतिमै नेतृत्व चयन गरिने सम्भावना देखिएको छ ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबार तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

केन्द्रीय समितिको बनावट बारे पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ ।

निर्देशिकामा एकीकृत समाजवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा हरेक जिल्लाबाट एकजना, प्रदेशबाट २५ सय संगठित सदस्यबाट एक जना, समावेशी क्षेत्रबाट ७० जना, पदाधिकारीसहित खुलाबाट ८० जना, भूगोल लगायत विभिन्न कार्यक्षेत्र, समवेशी र खुला निर्वाचन क्षेत्रबाट निर्वाचन गर्दा ३३ प्रतिशत महिलालाई आरक्षण गर्ने उल्लेख छ ।

त्यस्तै महिला लगायत सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५ देखि ४५ बर्ष उमेर समुहलाई आरक्षण गर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कोशी र मधेश प्रदेशबाट २१–२१ जना, बागमती प्रदेशबाट २३ जना, गण्डकीबाट १५ जना, लुम्बिनिबाट १८ जना, कर्णाली प्रदेशबाट १९ जना, सुदूरपश्चिमबाट १६ जना, पेशागतबाट ६ जना, सम्पर्क समितिबाट ८ जना, भारत प्रवासबाट एक जना, समावेशीबाट ७० जान र खुलाबाट ८० जना गरी २९९ जना आउने भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT