Techie IT
२०८१ साउन ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबागमती सरकारबाट बाहिरियो एमाले

बागमती सरकारबाट बाहिरियो एमाले


काठमाडौँ । नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौँडा– २, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।

अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको उनले जानकारी दिए । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई

कुलेश्वरमा तीन पैदल यात्रुलाई ठक्कर दिने चालकले लागुऔषध सेवन गरेको…

काठमाडौँ । काठमाडौँको कुलेश्वरमा सोमबार साँझ तीन पैदल यात्रुलाई ठक्कर दिएको कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ । घटनापछि

नाबालिकाकाे चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडाैँ । नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको छ । ब्युराेकाे टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली

काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार

Techie IT