प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।
राष्ट्रपति पौडेलले ओलीलाई आइतबार बेलुकी ५ बजेपछि प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
ओलीले २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन गरेका छन् ।
- केपी शर्मा ओली, प्रधानमन्त्री
- प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
- विष्णु पौडेल, उपप्रधान तथा अर्थ
- पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
- रमेश लेखक, गृह
- शरतसिंह भण्डारी, श्रम तथा रोजगार
- आरजु राणा देउवा, परराष्ट्र
- नवलकिशोर साह सुडी, महिला बालबालिका
- बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
- दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
- देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
- तेजुलाल चौधरी, युवा तथा खेलकुद
- प्रदीप यादव, खानेपानी
- प्रदीप पौडेल, स्वास्थ्य
- अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
- बद्री प्रसाद पाण्डे, पर्यटन
- रामनाथ अधिकारी, कृषि
- विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
- मानवीर राई, रक्षा
- दीपक खड्का, जलस्रोत तथा ऊर्जा
- राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
- ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद