Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने

कांग्रेस केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ ।

बुधबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो ।

बिहीबारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रिय समितिका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको बताए ।

उनले भने, ‘हिजो ११ वटा एजेण्डा छलफलका लागि केन्द्रिय समितिको बैठकमा प्रश्तुत भएको थियो । तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोल्नुभयो । केन्द्रिय समितिका साथीहरुले पनि बोलन थाल्नुभएको छ । भोलि र पर्सि पनि यो बैठकले निरन्तरता पाउँछ । २८ गतेसम्म बैठक टुंग्याउने गरी छलफल अघि बढेको छ । जुन संरचनाको जिम्मेवारीमा साथीहरु हुनुहुन्छ, त्यसको बारेमा बोल्नु स्वभाविक नै भयो ।’

प्रवक्ता महतले प्रदेश प्रमुखहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गर्नुभएको पनि बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

हेटौँडामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा १

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

Techie IT