गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिश्रीकाठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिश्री नेपालीपत्र आईतबार, २०८१ साउन २७ गते, १२:०९ मा प्रकाशित राजनीति काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका मिश्री बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ ।विदेश सचिव मिश्रीको नेपाल भ्रमण नियमित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनको भ्रमणले नेपाल–भारतबी द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ । विदेश सचिव मिश्री सोमबार स्वदेश फर्किनेछन् । मिश्री गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए । #विक्रम मिश्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ डगमरामा स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टरकाठमाडौं । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिका २०८४ सम्म प्रधानमन्त्री बन्दिन: अध्यक्ष दाहालकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् । साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ‘ग्लोबल मनी वीक २०२५’ चल्दैकाठमाडाैँ । ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक– २०२५’ गएको सोमवारदेखि शुरू भएको छधेरै पढिएका खबर १ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै २ बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ अमेरिकामा आँधीका कारण २० जनाको मृत्यु ५ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ६ ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन ७ नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षतिThe Film Nepal