गृहपृष्ठ ∕ राजनीति ∕ मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णयमुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय नेपालीपत्र मंगलबार, २०८१ भदौ १० गते, ११:५२ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकाललाई महामन्त्री र प्रवक्ताबाट निष्काशन गरेको थियो । यद्यपी, उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो ।तर, ढकालले निरन्तर पार्टीका नेताहरुविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । त्यसपछि केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । #डा. मुकुल ढकाल #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारीललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका नेप्से परिसूचकमा उच्च अंकले बृद्धिकाठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बृद्धि भएको छ । बिहीबार ७८ अंकले कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउगोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारीकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलनकाठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना…काठमाडौँ । ललितपुरको सानेपास्थित चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । अवैधधेरै पढिएका खबर १ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ६ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ७ आज हरितालिका तीजThe Film Nepal