Techie IT
२०८२ असार ९, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदुई तिहाइको दम्भ देखाए सडकमा आउँछौँ: प्रचण्ड

दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौँ: प्रचण्ड


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने बताएका छन् ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौँ ।’

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको काम कारबाही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।

उनले संविधान संशोधन गर्ने काँग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरे ।

‘उहाँहरूले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, ‘प्रचण्ड’ले भने, ‘समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी भने पनि कसरी माओवादीलाई ठिक गर्ने भन्ने परेको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका

वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम

काठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT