Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसञ्चारमन्त्रीले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’बारे दिएको अभिव्यक्तिको जवाफ दिनुपर्छः सांसद पौडेल

सञ्चारमन्त्रीले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’बारे दिएको अभिव्यक्तिको जवाफ दिनुपर्छः सांसद पौडेल


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीहरूसँग पौडेलले सरकारका प्रवक्ताले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिनु गलत भए बताए । प्रधानमन्त्रीले सम्बन्धित पक्षलाई बोलाएर छानबिन गरेर जवाफ दिनुपर्ने उनको भनाइ छ ।

सांसदसमेत रहेका पौडेलले असभ्यतर्फ समाजलाई लैजाने क्रियाकलापले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा नारामै सीमित हुने बताए ।

अर्को प्रसंगमा पौडेलले गण्डकी प्रदेशमा ‘मन्त्रीको पद नै बिक्रीमा राखिएको’बारे आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले स्पष्ट पार्नुपर्ने बताए । पदको किनबेचजस्तो मजाक जनताकोबीचमा गर्न नपाइने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

Techie IT