गृहपृष्ठ ∕
राजनीति ∕
प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन सकेन: उपेन्द्र यादव प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन सकेन: उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् । संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा समस्या भइरहेको भन्दै उनले प्रदेशलाई चाहिने कानून संघले नबनाएको र कर्मचारी, प्रहरी लगायत समायोजन गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन । अध्यक्ष यादवले संविधानमा लेखिएका स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र, कागजमा मात्रै सीमित भएको गुनासो समेत गरे ।
अध्यक्ष यादवले ७ प्रदेश व्यवस्था पनि अव्यवहारिक र अवैज्ञानिक रहेको बताए । राज्य पुनःसंरचना आयोगले दिएको एघार प्रदेशको अवधारणा नै उपयुक्त रहेको उल्लेख गरे । अध्यक्ष यादवले नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली असफल भइसकेको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीय शासकीय स्वरुपले भ्रष्टाचार र राजनीतिक अस्थिरता खडा गरेको बताए ।
जनताबाट निर्वाचित कार्यकारिणी अधिकार सम्पन्न राष्ट्रपतिले विज्ञहरुलाई लिएर आफ्नो सरकार बनाउने व्यवस्था गर्नुपर्ने पनि अध्यक्ष यादवको भनाइ छ । यादवले संविधानमा निर्वाचन प्रणाली नै संशोधन गर्नुपर्ने पनि बताए । सत्ताको दुरुपयोग र भ्रष्टाचार गर्ने जग नै नेपालको निर्वाचन प्रणाली भएको उनको भनाइ छ । अध्यक्ष यादवले स्थानीय तहमा दलविहीन आधारमा निर्वाचन गराउनुपर्ने पनि बताए । दलगत निर्वाचन प्रणालीलाई प्रदेश र संघमा मात्रै सीमित गर्नुपर्ने पनि अध्यक्ष यादवले उल्लेख गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले
झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। सोमबार अपराह्न पौने ४ बजे अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडामा एक जना
बागलुङ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्। तुल्सिपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै
सिसापाङमामा नेपालको झण्डा फहराउँदा… मेरोन्यूज२०८१ असोज २९ गते ७:२७ 13 Shares facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन