Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनिराशा पैदा गर्नेगरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैनः माधव नेपाल

निराशा पैदा गर्नेगरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैनः माधव नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई लक्षित गर्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीकै नेता-कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका हुन् ।

केही केही साथीहरूले अनेक ढङ्गले निराशा पैदा गर्नेगरी लेख्ने गरिरहेका छन्, बोल्ने गरिरहेका छन् । त्यो तरिका गलत हो’, अध्यक्ष नेपालले भने, ‘जे लागेको छ पार्टीभित्र राख्नुस्, कमजोरी छन् भने छलफलको विषय बनाऔँला । तर चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो त्यसलाई छुट दिन सकिँदैन ।’

यसअघि भएको पार्टी पदाधिकारी चुनावमा रामकुमारी झाँक्री उपाध्यक्ष पदमा पराजित भएकी थिइन् । त्यसपछि विभिन्न मिडियामा अन्तर्वार्ता दिएकी उनले आफू पार्टी नेतृत्वबाटै हेलामा परेको बताएकी थिइन् । पछि उनले आफ्नो फेसबूकमा उनका पूर्वअध्यक्ष अर्थात् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै लेखेकी थिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT