Techie IT
२०८१ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय

एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गरेको प्रस्ताव संसदीय दल बाट पारित भएको छ । प्रधानमन्त्री ओलीले बाढी, पहिरो, क्षति र उद्धारका सम्बन्धमा हाल सम्म भएका प्रगति बारे मंगलबार दिउँसो हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताए ।

उनले बाढी पहिरो र प्राकृतिक विपद् बाट मुलुक आक्रान्त भएकामा आफूहरु सबै दुःखित भएको बताउँदै विपत्तिमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूकोे शीघ्र स्वास्थ्यलाभको कामना गरे। सरकारले घाइतेहरुको यथोचित उपचार गर्ने जानकारी गराए ।

“सरकारका तर्फ बाट उद्धार र राहतको कार्यका साथै अवरुद्ध भएका राजगमार्गमा अस्थायी रुपमा बाटो खोल्ने कार्य भएका छन् । सुरुमा उद्धार र राहतका काम पर्याप्त भएनन् भन्ने गुनासो आएका थिए । कुनै गुनासा प्रति हामी प्रतिवाद गर्दैनौँ । जनतालाई परेको दुःख हामीलाई परेको दुःख हो । हामी जनताका सेवक हौँ । सेवाभावका साथ लाग्न म सबैलाई आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीले भने । “राहत कोषमा सङ्कलन हुने रकमको सही सदुपयोग गरिनेछ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कञ्चनपुरमा दिवा खाजा कार्यक्रम: विद्यालय छाड्ने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुर । दिवा खाजा कार्यक्रमका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटाको बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा

काठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् ।

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल

भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको…

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले कीर्तिपुरमा भाटभटेनी सुपर मार्केटमा संचालक मीनबहादुर गुरुङलाई एमालेको पार्टी कार्यालय बनाउन

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागु औषधसहित

Techie IT