कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्छः गगन थापा
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तान्तरणका लागि कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले सो कुरा बताएका हुन्।
उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको भएको बताए।
‘अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो। त्यसैले अब सभापतिले प्रधानमन्त्री वा अन्य पदमा दाबी गर्नु हुँदैन,’ थापाले भने।
देउवाले विगत पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारीवहन गरिसकेको हुँदा संसदीय कार्यकालमा पार्टीको नयाँ नेतृत्वमा सरकार बन्ने बताए। उनले भने,’पाँचपटक प्रधानमन्त्री बनिरहँदा देश र जनताका लागि थुप्रै काम भएका छन्। उहाँप्रति सम्मान छ। अब भने कांग्रेसतर्फ नयाँ ब्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ। त्यसमा जोपनि हुनसक्छ। यसका निम्ती पार्टी नेतृत्व हस्तान्तरण गर्ने र पार्टीतर्फबाट प्रधामन्त्री हुने ब्यक्तिलाई मार्गप्रशस्त गरिदिँदा उहाँ र पार्टीको हितमा छ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय
काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)
काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर
काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि