Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री ओलीको मङ्सिर पहिलो हप्तासम्म चीन भ्रमणमा जाने तयारी

प्रधानमन्त्री ओलीको मङ्सिर पहिलो हप्तासम्म चीन भ्रमणमा जाने तयारी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन्। सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेका थिए ।

गएको असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेका थिए । भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निम्तो दिएका थिए ।

भारत भ्रमणका लागि तत्काल निम्तो आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारतबाटै पहिलो विदेश भ्रमण गरेका थिए ।

चीन भ्रमणमा जानुअघि प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई) परियोजनाको कार्यप्रगति के कति भयोभनेर सोधीखोजी थालेका छन् । सात वर्षअघि नै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ ।

यसअघि २०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी परियोजना, बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन, बन्दरगाह, सडक, रेल्वे, उड्डयनलगायतका विषयमा सम्झौता भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

Techie IT