Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरविलाई हिरासतमा राख्नु ठिक छैन, सहकारीको रकम फिर्ता गर्छौं: स्वर्णिम वाग्ले

रविलाई हिरासतमा राख्नु ठिक छैन, सहकारीको रकम फिर्ता गर्छौं: स्वर्णिम वाग्ले


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन् ।

सहकारी ठगि प्रकरणमा पक्राउ परेका रवि लामिछानेको रिहाको माग गर्दै बालुवाटारमा भएको प्रदर्शनमा बोल्दै उनले निष्पक्ष छानबिन समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने बताएका हुन् ।

‘धनराज गुरूङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिने । जीबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन्’, उनले भने, ‘उहाँहरूलाई उन्मुक्ति दिने रविलाई भने हिरासतमा राख्ने ठिक छैन ।’

रविलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको बताउँदै उनले अवसर पाए सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने पनि उल्लेख गरे ।

उनले सरकार भने दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा लागेको आरोप लगाए ।

वाग्लेले सरकार आफूहरूलाई थर्काउने धम्काउने र गलाउने रणनीतिमा लागेको भन्दै विरोध समेत गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय

Techie IT