गृहपृष्ठ ∕
राजनीति ∕
गोमा लाभ सापकोटालाई प्रतिनिधि सभा सदस्यवाट पदमुक्त गर्न जनमतको संसद सचिवालयलाई पत्राचार गोमा लाभ सापकोटालाई प्रतिनिधि सभा सदस्यवाट पदमुक्त गर्न जनमतको संसद सचिवालयलाई पत्राचार
काठमाडौँ । जनमत पार्टीले प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ अनुसार जनमतले सापकोटालाई दलबाट निष्कासन गरिएको जानकारी सचिवालयलाई दिएको हो । जानकारी पत्र अब सचिवालयले सभामुखसमक्ष पेस गर्नुपर्ने छ ।
सभा चलिरहेको अववस्थामा यस्तो सूचनाको जानकारी सभामै दिनुपर्ने व्यवस्था कानुनमा छ । कानुनले ह्विप उल्लङ्घन गरेमा वा दल त्याग गरेमा सदस्यलाई निष्कासनको अधिकार दललाई दिएको छ । सापकोटाको हकमा अहिलेसम्मका सबै पत्राचारमा ह्विप र दल त्यागको जानकारी भने जनमतले संलग्न गर्न सकेको छैन । सापकोटालाई पदबाट हटाउन जनमतले पत्राचार गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटकसम्म कारबाहीको निर्णय अस्वीकृत भएको थियो ।
सभामुख देबराज घिमिरेले सापकोटामाथिको कारबाही कानुन र प्रक्रियागत रूपमा समेत प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको बताएका थिए । आठ महिनाको अवधिमा तेस्रो पत्राचार दलले गरेको हो । संसद् सचिवालयका अनुसार कात्तिक १ गते उक्त पत्र सचिवालयमा पुगेको थियो । औपचारिक रूपमा पत्र दर्ता भएको छैन ।
यसअघि दुई पटकसम्म गरेको पत्राचारमा कुनै तथ्यगत बेहोरा थप नगरी पुनः पत्र पठाइएको हो । सापकोटामाथि दल विभाजनका लागि सक्रियता बढाएको आरोप कारबाहीका क्रममा लगाइएको छ । यस्तै निर्माण व्यवसायीसँग रकम माग गरेको आरोप पनि दलले सापकोटामाथि लगाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित
काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे