Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकाठमाडौँ-१६ मा काँग्रेसले बनायो देवेन्द्र पाठकलाई उम्मेदवार

काठमाडौँ-१६ मा काँग्रेसले बनायो देवेन्द्र पाठकलाई उम्मेदवार


काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँ-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ ।

वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिले पाठकको नाममा सहमति जुटाएको हो । वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो ।

काठमाडौँका काँग्रेस सभापति सबुज बानियाँले अन्य आकांक्षीले नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत चयन गरिएको जानकारी गराए ।

गत निर्वाचनमा काँग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उप निर्वाचन हुन लागेका छ । रिजालको २०८० भदौमा निधन भएको थियो । १६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवार बनेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज(मंगलबार) विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ

पर्सामा रवि लामिछाने सँग आज पनि बयान हुने

काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मंगलबारबाट पर्सामा बयान हुने भएको छ ।

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज मंगलबार अपरान्ह बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय च्यासलमा

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको हरिबोल गजुरेलको…

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको दाबी गरेका छन् ।

Techie IT