Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपुथाउत्तरगंगा- २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

पुथाउत्तरगंगा- २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध


काठमाडौँ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।

कांग्रेस-एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयबाट भने यसको औपचारिक घोषणा हुन बाँकी छ ।

गत निर्वाचनमा पनि वडा नम्बर २ एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार जसबहादुर शिर्पाली विजयी भएका थिए ।

यसैगरी पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी उम्मेदवार सुनिता बुढाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा छिन् ।

अहिले एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त प्रचार अभियान चलाइरहेको नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले जानकारी दिए ।

उपाध्यक्ष पदमा कांग्रेसको चुनाव चिह्नबाट एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन उम्मेदवार छिन् ।

गत निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी माओवादी केन्द्रकी भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष माओवादी केन्द्र जसबहादुर शिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT