Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री  दाहाल   दाङमा

प्रधानमन्त्री  दाहाल   दाङमा


दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन् ।

उनी नेपाली सेनाको  हेलिकप्टरबाट आज  बिहान  यहाँ आएका हुन् ।  विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त  समारोहमा भारतको  सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता हुन् ।

समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्मा, लुम्बिनी  प्रदेशप्रमुख  अमिक शेरचन,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरु, प्रदेश सरकारका  मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय  र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरु  लगायतको सहभागिता रहेको छ ।

समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले  जानकारी दिए । कार्यक्रम अहिले जारी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT