Techie IT
२०८२ जेठ २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रस्तावित प्रधानन्यायाधीश कार्कीद्वारा कार्ययोजना पेस

प्रस्तावित प्रधानन्यायाधीश कार्कीद्वारा कार्ययोजना पेस


काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताए ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा उनलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार बिहान ८ बजेलाई सारिएको समितिले जनाएको छ । आज संसद् बैठक भएकाले सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज सुनुवाइ तोकिएको थियो ।

कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए । कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चिनियाँ नेता सियाओ जी काठमाडौंमा

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा

सतुङ्गलको कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

काठमाडौँ । यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा

पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडान

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका

ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

Techie IT