Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डाक्टर सुजन कडरिया निर्वाचित भएका छन् ।

२४ औँ राष्ट्रिय महाधिवेशनबाट कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचनबाट डाक्टर सुजन कडरिया ७ मतान्तरले अध्यक्षमा निर्वाचित भएका छन् । उनले ७ सय ३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत प्राप्त गरेका छन् ।

खुला उपाध्यक्षतर्फ विकास श्रेष्ठ ७ सय ८ मतसहित र महिलातर्फ अञ्जना सिवाकोटी ७ सय ७५ मतसहित निर्वाचित भएका छन् । महासचिव पदमा दीपक धामी ७ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् भने उपमहासचिवमा कमल ८ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यसैगरी, चार जना सचिव पदमा आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खानर गोपाल नेपाल विजयी भएका छन । केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन । लेखा आयोगको अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी भएका छन् ।

अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ । नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन ।

जेठ २५ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी महाधिवेशन बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

Techie IT