Techie IT
२०८२ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराप्रपाको विवाद उत्कर्षमा

राप्रपाको विवाद उत्कर्षमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका हुन् ।

उनीहरुले अध्यक्ष लिङ्देनले विधान, विधि र सीमा नाघेर एकलौटी रुपमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु थप्ने र हटाउने कार्य पटक–पटक गरेको भन्दै नवराज सुवेदीलाई अनुशासन समितिबाट हटाइएकोमा आपत्ति समेत जनाएका छन् ।

विज्ञप्तिमा शीर्ष नेतृत्व तहमा भएको सहमति लत्याउँदै नेता सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरिएको उल्लेख छ । जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दुःखद घटनाक्रम भएको भन्दै उनीहरुले विधान विपरीत भएका निर्णयहरु सच्याउन पार्टी नेतृत्वलाई आग्रह समेत गरेका छन् ।

महामन्त्री राणा भारतमा क्यान्सरको उपचार गरिरहेको बेला सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको उनीहरुको दाबी छ ।

विज्ञप्तिमा पार्टी निर्णय बमोजिम सबै तहका अधिवेशन समयमै सम्पन्न गर्न पनि सबैलाई आग्रह गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

Techie IT