Techie IT
२०८२ साउन २३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदै

संघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदै


काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकाका नेताहरूको संयुक्त बैठक बुधबार राजधानीस्थित पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको छ ।

बैठकले वर्तमान राजनीतिक अवस्थाबारे गहिरो समीक्षा गर्दै, देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र, शोषण र बेथिति विरुद्ध पार्टीको स्पष्ट र दृढ धारणा सार्वजनिक गरेको छ ।

बैठकको अध्यक्षता पार्टीकी उपाध्यक्ष सीमा खानले गर्नुभएको थियो भने सञ्चालन महासचिव अनन्त राईले गर्नुभएको थियो। बैठकमा कोषाध्यक्ष ममताज अन्सारी, उपमहासचिवहरू जनक कार्की र सुरेन्द्र प्रधान, सचिव दिनेश पाख्रिन, उपत्यका इन्चार्ज चन्द्र तामाङ, विदेश विभाग प्रमुख ठाकुरचन्द्र गहतराज, साथै अन्य केन्द्रीय पदाधिकारी तथा उपत्यकाका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

बैठकले देशभर फैलिएको लुटतन्त्र, अनियमितता र सुशासनको अभावले आम नागरिकको जीवन अस्तव्यस्त भएको ठहर गर्दै, संघीय गणतान्त्रिक गठबन्धनको आव्हानमा संयुक्त जनजागरण अभियान लाई दृढताका साथ अघि बढाउने निर्णय गरेको छ।

यस अभियानअन्तर्गत भदौ ७ गते महोत्तरीको जलेश्वर र भदौ २७ गते काठमाडौँमा भव्य अन्तरक्रिया तथा जनसभा आयोजना गरिने भएको छ ।

बैठकले यी कार्यक्रमहरूलाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई पूर्ण तयारीमा जुट्न निर्देशन दिएको छ। साथै काठमाडौँ उपत्यकामा हुने कार्यक्रमको सफल आयोजनाका लागि महासचिव अनन्त राईको नेतृत्वमा १३ सदस्यीय तयारी समिति समेत गठन गरिएको छ।

यो अभियान अन्याय, उत्पीडन र भ्रष्टाचारविरुद्ध जनताको आवाज बनेर उठ्ने नेताहरुले बताएका छन् ।

पार्टीले भदौ २७ गते काठमाडौँमा हुने ‘उत्पीडित जनताको मुक्ति आन्दोलन तथा वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा देशभरका आम नागरिकलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप

झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउ

झापा । झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु भएपछी घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको…

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने बताएका छन् । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

Techie IT