Techie IT
२०८२ असोज १४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धन संस्कृति अनुरूप व्यवहार नगरेको निष्कर्ष निकालेको छ ।

बिहीबार प्रदेशसभास्थित दलको कार्यालयमा बसेको बैठकले कांग्रेसले सरकारका काम कारबाहीमा लगातार असहयोग गरेको र संयुक्त सरकार सञ्चालनको संस्कृति अनुरूप भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको हो ।

कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसले आर्थिक मामिला सहित चार मन्त्रालयले लिएको छ । दुई दलबीच सत्ता सहकार्य भएको एक वर्ष बितिसक्दासमेत कर्णालीमा यी दलबीच सुमधुर सम्बन्ध छैन ।

कांग्रेस दलका नेता जीवनबहादुर शाहीले सार्वजनिक रूपमा सरकार छाड्ने धम्की दिने गरेको, सरकारका काममा लगातार असहयोग गर्ने गरेको एमालेको बुझाई छ ।

एमाले प्रमुख सचेतक टेकराज पछाइले कांग्रेसको भूमिकाबारे बैठकमा व्यापक छलफल भएको जानकारी दिए । ‘बैठकमा सत्ता सहकार्यको विषयमा गम्भीर समीक्षा भयो, कांग्रेसको जे भूमिका हुनुपर्थ्यो, त्यो भूमिका चाहिँ भएन भन्ने निष्कर्ष रह्यो’ पछाइले भने ।

कर्णाली प्रदेश सरकारको प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यले तयार गरेको संगठन तथा व्यवस्थापन प्रतिवेदन कार्यान्वयन हुन नदिने अभिव्यक्ति दिइरहेको, महत्त्वपूर्ण राजनीतिक नियुक्तिमा सहमति नदिएको, सरकारमा सहभागी मन्त्रीहरू नै सरकारको निर्णयविरुद्ध सार्वजनिक रूपमा बोल्ने गरेको, सामान्य विषयमा समेत कांग्रेस सांसदहरूले सदनका काम कारबाहीमा अवरोध पुर्‍याउने गरेको भन्दै एमाले असन्तुष्ट छ ।

एमाले सचेतक पछाइले कांग्रेस अहिले सरकारको सहयात्रीभन्दा पनि ‘प्रतिपक्ष’जस्तो देखिएको बताए ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता यामलाल कँडेल, पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको समेत उपस्थिति थियो । ४० सदस्यीय प्रदेशसभामा एमालेका १० सांसद छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

Techie IT