Techie IT
२०८१ भदौ २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थनीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन सकेनः राजेन्द्र लिङ्देन

नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन सकेनः राजेन्द्र लिङ्देन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने बताएका हुन्। अहिले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी सामना गर्ने भन्ने समाधानका उपाय हुनुपर्ने सांसद लिङ्देनले बताए।

नीति कार्यक्रममा समस्या पहिचान र प्राथमिकता प्रष्ट छुट्याउन नसकेको उल्लेख गर्दै सांसद लिङ्देनले कतिपय विषयमा विरोधाभाष रहेको बताए।

रोजगारमूलक उद्योग खोल्ने, बिजुली सहुलियतमा दिने, दलले शेयर नखोज्ने, युनियनबाजी नहुनेजस्ता ग्यारेन्टी गर्नसके उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ

शेयर बजार आज पनि घट्याे

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी

पोखराको तालचोकमा भाटभटेनीले स्टोर खोल्ने

काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ । २८औँ स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष

श्री एयरलाइन्सको काठमाडाैँ–पोखरा उडानको एक टिकट किन्दा अर्को टिकट निःशुल्क

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौा–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट

शेयर बजार २५ अङ्कले घट्यो

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६

Techie IT