Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमाजवादी मोर्चाको घोषणा सोमबार हुने

समाजवादी मोर्चाको घोषणा सोमबार हुने


काठमाडौँ। समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो।

कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा सोमबार राजधानीको राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको माओवादी केन्द्रको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

समाजवादी मोर्चामा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी रहने भएका छन्। यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी गराउने तयारी भइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् । बिहीबार

शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने

काठमाडौँ । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप

सेफ्टी ट्याङ्करमा लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । प्रहरीले सेफ्टी ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ सोमबार

काठमाडौँ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार हुने भएको छ । सातै प्रदेशबाट

मन्त्री र सचिवहरूको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको स्वीकार्दै मन्त्रालयहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्

नेप्से २८.६८ अंकले घट्यो

काठमाडौँ । आज बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को

Techie IT