Techie IT
२०८० फागुन १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल

कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल


काठमाडौँ । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाए । सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिएका थिए ।

बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताए । तर सचेतक बर्तौलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढन् नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने पक्राउ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

गोप्य रुपमा अन्त्येष्टि गर्ने भएपछि रुसी नेता नाभाल्नीको शव बुझियो

काठमाडौँ । जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका

इलाम २ र बझाङ १ मा वैशाख १५ मा उपचुनाव…

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलामा २ मा

दोस्रो पटक नेपाली चिकित्सबाट कलेजो प्रत्यारोपण

काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले

नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ

‘जीवगाथा’ लिएर आए ददि सापकोटा

काठमाडौँ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवं पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ ।

Techie IT