Techie IT
२०८२ मंसीर ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले तोक्यो विद्या भट्टराईलाई बुद्धिजीवी परिषद इन्चार्ज

एमालेले तोक्यो विद्या भट्टराईलाई बुद्धिजीवी परिषद इन्चार्ज


काठमाडौँ । नेकपा एमालेले नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारी पार्टीको केन्द्रीय सदस्य विद्या भट्टराईलाई दिएको छ ।

भर्खरै मिसन ग्रासरुट अभियान सम्पन्न गरेको एमालेले अहिले देशभरका संगठन र जनसंगठनहरूको नेतृत्व परिवर्तन गरेको छ ।

यसै क्रममा पार्टीले भट्टराईलाई नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारीमा पठाएको हो । परिषदको अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा रहेका छन् ।

भट्टराईभन्दा अगाडी परिषद्को इन्चार्ज मनोजजंग थापा थिए । पार्टीले उनलाई अन्तै जिम्मेवारी तोकेको छ । परिषदले नयाँ इन्चार्जलाई स्वागत गरेको छ । परिषदले नयाँलाई स्वातग र पुरानालाई बिदाई कार्यक्रम गरेको अध्यक्ष देवकोटाले जानकारी दिए ।

उनले थापालाई विदाई गर्दै उनीसँगको काम गर्दाको रमाइलो क्षणहरूको स्मरण गरे । उनले थापाको आवश्यकता परिषदमै भएपनि पार्टीले अन्तै आवश्यकता महसुस गरेकाले अन्त जानुपरेको देवकोटाले बताए ।

थापा भूगोलको राजनीति गर्न सिन्धुली जान लागेको भन्दै देवकोटाले थप राजनीतिक सफलताको शुभकामना समेत दिए । देवकोटाले परिषदलाई दिएको योगदान जस्तै भूगोलमा पनि थापाले योगदान गर्ने आशा व्यक्त गरे ।

निवर्तमान इन्जार्च थापाले परिषदले सबै जिल्लामा संगठन बनाएर केन्द्रीय महाधिवेशन गर्न सफल हुनु सराहनीय काम भएको बताए । परिषदको ४ दिन लामो भएको अधिवेशनबाट विकासलाई मौलिकतामा लैजाने मोडल विकास गर्नुपर्ने परिषदको निष्कर्ष महत्वपूर्ण रहेको थापाले बताए । थापाले परिषदले आगामी दिनमा विचार र सिद्धान्तलाई बढी ध्यान दिएर अगाडी बढ्न पनि सुझाव दिए ।

कास्कीको सहइन्चार्जको जिम्मेवारी पुरा गरिसकेकी भट्टराईले आफूलाई पार्टीले परिषदको इन्चार्जको जिम्मेवारी दिएपनि परिषदको अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई अभिभावक ठानेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पार्टीले फरक क्षेत्र र भूगोलका ज्ञान प्राप्त गर्दा मात्र नेता परिपक्क हुने नीति अन्र्तगत सबै नेताहरूको जिम्मेवारी हेरफेर गरिएको भट्टराईले बताइन् ।

थापा इन्जार्च भएर आएको १७ महिना ९ दिन भएको स्मरण गर्दै परिषदको महासचिव गजेन्द्र थपलियाले उक्त समयमा प्रतिकुल अवस्था रहेको बताए । थापाले परिषदको प्रतिकुल अवस्थालाई अनुकुल अवस्थामा ल्याएको थपलियाले स्मरण गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT