Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रपति र उपराष्ट्रपतिले सरकारलाई सुझाव दिनुपर्छ

राष्ट्रपति र उपराष्ट्रपतिले सरकारलाई सुझाव दिनुपर्छ


काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपतिले सरकारलाई सुझाव दिनुपर्ने बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्तिका लागि नभइ सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन्।

राज्यको स्वामित्व वितरणमा प्रधानमन्त्री र मन्त्रीलाई झक्झकाउने र निर्वाचित राजा जस्तो बन्न नदिन भूमिका खेल्नुपर्ने बताए। संसद्‌लाई छलेर ल्याइएका नागरिकता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्ने उनको भनाइ थियो।

बैठकमा सांसद सुवालले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होइनन्। संसद्‌‌लाई छलेर पेस भएका नागरिता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्छ। विधेयक संसद्‌बाट पास गरेर ल्याउनु, मलाई अनुरोध गर्ने होइन भनेर भन्न सक्नुपर्छ।’

आफूलाई उम्मेदवार बनाउने पार्टीका नेताको भनाइमा लागेर राष्ट्रपति र उपराष्ट्रपतिले सरकारी कार्यालय र निवासलाई कार्यकर्ता भेटघाटको थलो बनाएकोमा पनि उनले आपत्ति जनाए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

Techie IT