Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई छ महिनाको समयसीमा निर्धारण गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए ।

गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरुले वडा तहबाटै सङ्गठन गठन, पुनःगठनलगायत तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा छलफल नसकिएकाले सोमबारसम्म सञ्चालन भएको बैठकमा ‘राप्रपा: अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रुपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो ।

पार्टी गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको सङ्गठन सुदृढीकरण, कृयाशील सदस्य वितरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा पनि थप छलफल गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ । प्रदेशभरका सरकारी कार्यालयमा

दैलेखको दुल्लुमा नबिल बैंकको २६८औँ शाखा सञ्चालन

काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८औँ शाखाको रूपमा दैलेख

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टी फुटेसँगै पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौँमा क्याफ्टिङ लिडरसिप

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

Techie IT