Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपप्रधानमन्त्री श्रेष्ठसँग सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङको भेट

उपप्रधानमन्त्री श्रेष्ठसँग सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङको भेट


छेन्दु । जनवादी चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कान ले आज भेट गरेका छन् ।

छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रंशसा गरे ।

उनले आगामी दिनमा विभिन्नस्तरबाट नेपाल–चीन सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा चीन सदैव उभिँदै आएको स्मरण गर्दै नेपालको विकासमा चीनको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

भेटमा महासचिव कानले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नजिक ल्याउन विश्वविद्यालयले थप योगदान गर्ने विश्वास दिलाए । विश्वविद्यालयले विज्ञान, प्रविधिलगायत विधामा शिक्षा प्रदान गरेर नेपालको मानव संशाधन विकासमा सहयोग गरेको जानकारी गराए ।

उनले विश्वविद्यालयले विभिन्न कार्यशालाको आयोजना गरी नेपालबाट शिक्षासँग सम्बन्धित व्यक्ति तथा राजनीतिक दललाई आमन्त्रण गरेर नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल गर्दै आएको बताए ।

महासचिव कानले विश्विद्यालयले दक्षिण एसिया अध्ययन केन्द्र सञ्चालन गरेर नेपाल भारत, पाकिस्तानलगाय मुलुकुको अध्ययन सुरु गरेको उल्लेख गर्दै उनले विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्र खोलेर अध्ययन गरिएको जानकारी दिए ।

भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायत सहभागी थिए ।

सो क्रममा उनले विश्विद्यालयको जलविद्युत् अध्ययन केन्द्रको अवलोकन गरेका थिए । सो केन्द्रमा उच्च बाँध भएको जलाशयुक्त जलविद्युत् परियोजना निर्माणसम्बन्धी अनुसन्धान हुँदै आएको छ । सो अवसरमा केन्द्रले गर्दै आएको कामका बारेमा जानकारी दिइएको थियो ।

त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्ययमा अध्ययनरत विद्यार्थीमाझ नेपाल–चीन सम्बन्ध, विश्वपरिवेशलगायत विषयमा सम्बोधन मन्तव्य दिएका थिए ।

विश्वविद्यालय परिसरमा नेपाली, चिनियाँ तथा विदेशी विद्यार्थीले उपप्रधानमन्त्री श्रेष्ठको भव्य स्वागत गरेका थिए । सो विश्वविद्यालयमा हाल ६६ विद्यार्थीले विभिन्न विषय अध्ययन गरिरहेका छन् । पछिल्लो १० वर्षमा मात्रै करिब छ सय विद्यार्थीले सो विश्वविद्यायबाट उच्च शिक्षा हासिल गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

Techie IT