Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेसपाले छुट्टै समाजवादी मोर्चा गठन गर्ने

नेसपाले छुट्टै समाजवादी मोर्चा गठन गर्ने


काठमाडौँ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले छुट्टै समाजवादी मोर्चा गठन गर्ने भएको छ। नेसपाले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्दै मुद्दा मिल्नेसँग मोर्चा बनाउने बताएको हो।

‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ,’ पार्टी प्रचारप्रसार विभाग प्रमुख विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेसपाले अग्रमागी शक्तिहरूको वृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता र त्यसका लागि आफू प्रयत्नशील रहनेसमेत बताएको छ।

समाजवादी मोर्चाका सूत्रधार तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराईको पार्टी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल समाजवादी मोर्चामा अटाएका थिएनन्। चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

सुहाङले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौँ । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले

लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले

सुहाङ करिब ५ हजार मतान्तरले अगाडि

काठमाडौँ । इलाम– २ को उपनिर्वाचनको मतगणनामा जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ करिब ५ हजार मतान्तरले अगाडि बढेको

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

Techie IT