Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्डले दिल्लीमा ‘रअ’ प्रमुखलाई गोप्य रुपमा भेटेको ओलीको दाबी

प्रचण्डले दिल्लीमा ‘रअ’ प्रमुखलाई गोप्य रुपमा भेटेको ओलीको दाबी


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘रअ’का प्रमुखलाई गोप्य रुपमा भेटेर निम्ता दिएको दाबी गरेका छन्।

शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न उठाएका हुन्। आफूले सार्वजनिक रुपमा भेटेपनि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा निवासमै पुगेर भेट गरेको ओलीको दाबी छ।

‘भारतबाट ‘रअ’का प्रमुख नेपाल आए, म सँग भेट्छु भने। नेपाल आए। भेट्छु भन्दा मैले भेटेँ। त्यो कुरा कुनै लुकाएको छैन, मैले सार्वजनिक ढंगले भेटेँ। सार्वजनिक ढंगले फिर्ता गरेँ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘यसपल्ट प्रचण्डजी दिल्ली जानुभयो उनको निवासमा पुगेर गोप्य निमन्त्रण दिएर आउनुभयो। मैले त्यस्तो गोप्य निमन्त्रणा गरेको होइन, उनको निवासमा गएर भेटेको होइन। मैले भेट्न आएको ठाउँमा भेटेको हो।’

साथै, उनले उक्त भेटबारे स्वीकार समेत गर्न नसकेको बताए। ‘उहाँले मान्छे लगाउनुहुन्छ, उहाँका छन् नि गुरिल्लाहरु टन्नै। तर म प्रचण्डजीलाई भन्दिनँ चाहन्छु, यस्ता कुराहरुको धाक हामीसँग नलाए हुन्छ।’

ओली छिमेकी देश भारतले नेपालको सरकार बनाउँछु कहिल्यै नभनेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको नाम जोडेर झुट बोलेको ओलीले आरोप लगाए।

‘दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरिगरि भन्नुहुन्छ म प्रचण्डलाई प्रधानमन्त्री बनाउँन दिल्ली गएको होइन। उहाँले किन भन्नुहुन्छ तर म गएको छैन भनेर। प्रितम सिंहलाई पनि बेकार मुछ्नुभयो। भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन। दिल्लीले भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन् , संसदले सरकार बनाउँदैन दिल्ली बनाउँछ।’ ओलीले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले

ललितपुरस्थित तपेश्वर वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु,…

काठमाडौँ । ललितपुर गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीका

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

पार्टीले जित्न नसके पनि सन्देश पायोः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सन्देश पाएको

सुनको मुल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १०…

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब

Techie IT