Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनक्कली शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने रवि लामिछानेको माग

नक्कली शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने रवि लामिछानेको माग


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले सो माग गरेका हुन्।

नक्कली शरणार्थी प्रकरणमा सबै राजनीतिक दलका नेता मुछिएकाले छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्ने बताएका हुन्। ‘जसजसको नाम आएको छ उनीहरूको निष्पक्ष छानबिनका लागि विशेष समिति बनाउनुपर्छ। विश्वासको वातावरण बन्द भएको छ। जुनजुन निकायहरू यसमा लागिपरेका छन्। कसैको पनि विश्वास गर्ने वातावरण छैन। जसजसको नाम आएको छ तिनलाई छानबिनको दायरमा ल्याउन नहुने, सोधपुछ पनि गर्न नहुने गरी किन डराएको हो,’ लामिछानेले भने।

यस प्रकरणको छानबिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुट्टा नकमाउने बताएको भएपनि अहिले नाम मुछिएकाहरूसँग सोधपुछ गर्न समेत डराएको आरोप लामिछानेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित

प्रचण्ड र प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता

धादिङको बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौं

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

काठमाडाैँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत

अजरबैजान जाँदै राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन

Techie IT