Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँः उपप्रधानमन्त्री श्रेष्ठ

मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँः उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन् ।

नयाँ बानेश्वरमा आइतबार मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने विश्वास दिलाए । “तपाईंहरुलाई म आश्वास्त बनाउन चाहन्छु की मिटरब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “मिटरब्याजबाट पीडितलाई न्याय दिलाउने काम कुनै पनि हालतमा रोकिने छैन ।”

उनले पीडकहरुको विरुद्ध पीडितलाई न्याय दिनका निम्ति सरकारले मिटरब्याजीसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेशको निश्चित अवधि भएको हुनाले कानुन बनाउनका लागि संसद्मा प्रस्तुत भएको तर पारित हुन नसकेको भन्दै विधेयक चाडै अगाडि बढाउने विश्वास व्यक्त गरे । उनले भने, “विधेयक संसद्मा छ, अस्वीकार भएको हैन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ, कानुन बनाइनेछ । तपाईंहरुको न्याय प्राप्तिको आन्दोलनलाई कुनै पनि हालतमा पूरा नगरिकन छोडिनै छैन, ढुक्क हुनुहोस् ।”

उपप्रधानमन्त्री श्रेष्ठले अध्यादेश जारी गर्नुभन्दा अगाडि नै सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न मिटब्याजसम्बन्धी छानबिन गर्न आयोग गठन गरेको स्मरण गर्दै आयोगको काम नरोकिने बताए ।

उनले हरेक जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिलहरु र पीडितका प्रतिनिधिहरु संलग्न रहेको सहजीकरण समितिले अहिले पनि कार्य जारी रहेको जानकारी दिए । “विधेयक प्रस्तुत भएको छ, त्यसले अध्यादेश अन्त्य हुने दिनमा नै कानुनको रुप लिएको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो भनाइ हो । तर, त्यसो नभए पनि हामीले कानुन बनाउने प्रक्रियालाई जारी राख्नेछौँ र संसद्ले कानुन बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ, तपाईंहरु पनि विश्वस्त हुनुहोस्”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

उनका अनुसार आयोगमा करिब २५ हजार उजुरी परेका छन् । ती उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढेको छ । अहिले करिब एक हजार पाँच सय उजुरीमाथि छानबिन भएर पीडितको पक्षमा फैसला भइसकेको छ । कतिपय मिटर ब्याजीले कब्जा गरेको घर, जमिन पीडितलाई फिर्ता गरिसकेका छन् ।

यो उपलब्धिलाई अब नेपालको कुनै पनि तागतले रोक्न नसक्ने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाएरै छाडिने दोहोर्याए । मिटरब्याजी सामन्ती शोषणको निकृष्ट अवसेस हो भन्दै उनले यसलाई जरैदेखि निमिट्यान्न पार्न सरकार प्रयासरत रहेको उल्लेख गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे

काठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् ।

क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् ।   बुधबार भएको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विहिबार विश्वासको मत लिँदैछन् ।मुख्यमन्त्रीमा समर्थन गरेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र,

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

Techie IT