Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसाहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छः प्रधानमन्त्री

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् ।

सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताएका हुन् ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
आजको यस गरिमामय समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने स्रष्टाहरूलाई सम्मान गर्ने अवसर पाएकोमा खुसी लागेको छ । सर्वप्रथम पुरस्कृत हुनुहुने सम्पूर्ण स्रष्टाहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दै सिर्जनाको क्षेत्रमा निरन्तर प्रगतिको कामना गर्दछु ।

राष्ट्रको समग्र विकास र संवृद्धिका निम्ति, मुलुकको अग्रगामी परिवर्तनको निम्ति इतिहासका विभिन्न कालखण्डमा राजनीतिक व्यक्तित्व, लगायत विभिन्न विधासँग सम्बन्धित व्यक्तित्वहरूले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । यसै यथार्थलाई हृदयङ्गम गरी राज्यले विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका अग्रज व्यक्तित्वहरूको नाममा विभिन्न प्रकारका पुरस्कारको स्थापना गरी योगदानको उचित कदर र सम्मान गरेको तथ्य विदित नै छ । यसका निम्ति मन्त्रालय र पुष्पलाल प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गर्दछु ।

युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्‍याउन कमरेड पुष्पलालले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्दछ । नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिंगो राजनीतिक आन्दोलनमा कमरेड पुष्पलालको योगदान निकै विशिष्ट प्रकृतिको रहेको छ । सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्वका निम्ति, जनवादी क्रान्तिको विकासका निम्ति, कम्युनिस्ट आन्दोलनको एकताका निम्ति र कम्युनिस्ट मूल्य–मान्यता र संस्कृति निर्माणका निम्ति विचार र व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय र प्रेरणादायी रहँदै आएको छ । यस सन्दर्भमा पुष्पलालका शिक्षाहरूलाई जीवन व्यवहारमा लागू गर्ने संकल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने तथ्यसमेत म स्मरण गर्न चाहन्छु ।

आर्थिक वर्ष २०६८।०६९ देखि पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण गर्ने व्यवस्था निरन्तर कार्यान्वयन हुँदै आएको छ, यस वर्ष पनि विगतमा जस्तै यो पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइएको छ । यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कारको राजनीतिक, सैद्धान्तिक विधा, इतिहास विधा, साहित्य, संस्कृति, विज्ञान विधा लगायतका विधातर्फ छनोट भई पुरस्कृत हुनुभएकोमा सबै पुरस्कृत सिर्जनशील प्रतिभाहरूलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

पुरस्कृत प्रतिभाहरूले राज्यको तर्फबाट प्रदान गरिएका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्यांकन भएको महशुस गर्दै गौरवान्वित हुनुहुनेछ भन्ने आशा लिएको छु । साथै पुरस्कृत व्यक्तित्वहरूको थप दायित्व तथा जिम्मेवारी थपिएको हुँदा तपाईंहरूबाट आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी सक्रियता र योगदानको अपेक्षा गर्दछु ।

राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आ–आफ्नो विधा तथा क्षेत्रमा राष्ट्रलाई योगदान गर्नमा प्रोत्साहित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै बिमति रहला । अन्त्यमा, समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूजस्ता स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने विश्वास राख्दै आफ्नो मन्तव्य यही अन्त्य गर्दछु, धन्यवाद ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन

एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

छापा पत्रकारिता: सम्भावना र रणनीति

समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

Techie IT