Techie IT
२०८२ माघ २२, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनसांख्यिक लाभ लिन ढिलो नगरौँ – ओली

जनसांख्यिक लाभ लिन ढिलो नगरौँ – ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पलायन रोक्न सके मात्र जनसांख्यिक लाभ लिन सकिने बताएका छन् ।

मंगलबार जनसंख्या दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले युवा विदेश हुनुपर्ने बाध्यता हटाउन सके मात्र जनसांख्यिक लाभ लिन सकिने बताएका हुन् ।

आफू सरकारमा रहँदा उद्योग स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिँदै कार्यक्रम ल्याए पनि राजनीतिक अस्थिरताका कारण ती कार्यक्रमबीचैमा अलपत्र पारिएको ओलीले आरोप समेत लगाएका छन् ।

‘तीन दशकदेखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम बजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौँ । यसलाई रोक्न हामीले सरकारमा रहँदा उद्योगको स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिँदै कार्यक्रम पनि ल्यायौँ । तर राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो,’ ओलीले भनेका छन्, ‘हाम्रा नवजवानहरूलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौँ भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौँ ।’

ओलीले नेपालमा पालिनेभन्दा कमाउने उमेरको जनसंख्या बढी भएको भन्दै देशले त्यसको फाइदा लिनसक्नुपर्ने पनि उल्लेख गरेका छन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT