Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनसांख्यिक लाभ लिन ढिलो नगरौँ – ओली

जनसांख्यिक लाभ लिन ढिलो नगरौँ – ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पलायन रोक्न सके मात्र जनसांख्यिक लाभ लिन सकिने बताएका छन् ।

मंगलबार जनसंख्या दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले युवा विदेश हुनुपर्ने बाध्यता हटाउन सके मात्र जनसांख्यिक लाभ लिन सकिने बताएका हुन् ।

आफू सरकारमा रहँदा उद्योग स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिँदै कार्यक्रम ल्याए पनि राजनीतिक अस्थिरताका कारण ती कार्यक्रमबीचैमा अलपत्र पारिएको ओलीले आरोप समेत लगाएका छन् ।

‘तीन दशकदेखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम बजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौँ । यसलाई रोक्न हामीले सरकारमा रहँदा उद्योगको स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिँदै कार्यक्रम पनि ल्यायौँ । तर राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो,’ ओलीले भनेका छन्, ‘हाम्रा नवजवानहरूलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौँ भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौँ ।’

ओलीले नेपालमा पालिनेभन्दा कमाउने उमेरको जनसंख्या बढी भएको भन्दै देशले त्यसको फाइदा लिनसक्नुपर्ने पनि उल्लेख गरेका छन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

Techie IT