Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने उपमहासचिव डा विजय पौडेलले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव डा गङ्गालाल तुलाधर, उपमहासचिव डा पौडेललगायत नेताले पार्टीको वैचारिक नीति र सङ्गठन सुदृढीकरणमा धारणा राखिसकेका छन् ।

पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को

‘के घर के डेरा: घर नम्बर २’ मा लामिछाने अनुबन्ध

काठमाडौँ । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध

यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप को तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ

ललितपुर महानगरले नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान

कोकिनसहित काठमाडौँबाट एक विदेशी महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौँ बाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने

शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव

Techie IT