Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलपिएसजीको प्रि सिजन टुरमा एमबाप्पे गएनन्

पिएसजीको प्रि सिजन टुरमा एमबाप्पे गएनन्


एजेन्सी । स्टार खेलाडी काइलियन एमबाप्पे पिएसजी क्लब छोड्ने तयारी गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनी प्रि सिजन टुरको टिममा सहभागी नभएको समेत बताइएको छ ।

जापान र दक्षिण कोरियाका लागि जाने टिममा उनी छैनन् । रिपोर्टका अनुसार उनलाई क्लबले बेच्न चाहेको प्रष्ट रुपमा नै बाहिर आएको छ ।

उनी र क्लबबीचको सम्झौता सकिन एक वर्ष बाँकी रहेको छ ।

उनलाई अनुबन्ध गर्न रियल मड्रिड, लिभरपुल, चेल्सी लगायत अन्य क्लबहरुले चासो देखाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ । सन् २०१७ मा पिएसजीले उनलाई १६७.७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

उनले सम्झौता नविकरण नगर्ने मनसाय बनाएसँगै क्लबले उनलाई बेच्ने तयारी गरेको हो । उनलाई अनुबन्ध गर्न रियलले अग्रणी चासो देखाइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT