Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलसाउदी क्लब अल हिलाल एम्बाप्पेका लागि कीर्तिमानी मूल्य खर्चिन तयार

साउदी क्लब अल हिलाल एम्बाप्पेका लागि कीर्तिमानी मूल्य खर्चिन तयार


काठमाडौँ । साउदी अरेबियन क्लब अल हिलालले फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पेका लागि मँहगो रकम खर्चन तयार भएको छ ।

अह हिलालले २४ वर्षीय एम्बाप्पेका लागि दुई सय ५९ मिलियन पाउण्ड खर्चन तयार रहेको जनाएको छ ।

अल हिलालले एम्बाप्पेका लागि २५ करोड ९० लाख पाउन्ड (करिब ४३ अर्ब ७७ करोड नेपाली रुपैयाँ) खर्चन तयार रहेको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग राखेको छ । कुनैपनि खेलाडीका लागि खर्चन लागिएको यो हालसम्मकै सबैभन्दा बढी रकम हो ।

सन् २०१८ मा पीएसजीमा आबद्ध भएका २४ वर्षीय एम्बाप्पेको सम्झौता आगामी एक वर्ष सम्मका लागि छ । त्यसपछि मात्र उनी पीएसजी छाडेर अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् । तर, उनले पीएसजीसँग सम्झौता नविकरण गर्न चाहेका छैनन् ।

एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । पिएसजी प्रि–सिजनको तयारीका लागि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे भने टोलीमा समावेश छैनन् । उनी स्पेनिस महारथी रियल मड्रिडमा जान चाहन्छन् ।

पीएसजीले भने एमबाप्पेलाई क्लबमा रहने वा नरहने भन्ने विषयको निणर्य लिन जुलाई ३१ तारिखसम्मको समय दिएको थियो । तर, एमबाप्पेले भने आफू पीएसजीमा नरहने संकेत दिइसकेका छन् ।

विश्व व्यवसायिक फुटबलमा हालसम्मको सबैभन्दा महंगो सम्झौता पीएसजी र नेयमारबीचको सम्झौता रहेको छ । सन् २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई भित्राउन १९८ मिलियन पाउन्ड खर्चेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शनिबारदेखि १९औँ एसियाड हाङ्चाओ सहरमा सुरु हुँदै

काठमाडौँ । चीनको हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

फिफा वरीयतामा नेपाल यथावत्

काठमाडौँ। फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम यथावत् छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल

च्याम्पियन्स लिग: आर्सनलको सानदार जित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा आर्सनलले पिएसभी इण्डहोभेनलाई ४-० गोलले पराजित गर्न सफल भएको छ । यस सिजन पनि

च्याम्पियन्स लिगः बायर्न म्युनिखद्वारा म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलले पराजित गर्न सफल भएको छ । बायर्नलाई

मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन असोज ५ र ६…

काठमाडौँ। चौथो मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता यही असोज ५ र ६ गते हुने भएको छ। बुधबार पत्रकार

Techie IT