Techie IT
२०८१ वैशाख १, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलयुनाइटेडसँग चेल्सीको लज्जास्पद हार

युनाइटेडसँग चेल्सीको लज्जास्पद हार


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन कासेमिरो, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेज र मार्कुस रोसफोर्डले एक–एक गोल गरे । चेल्सीका जोआओ फेलिक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै कासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

यस्तै, ७३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दा युनाइटेड ३–० ले अघि बढ्यो । ७८ औं मिनेटमा रासफोर्डले गोल थप्दा युनाइटेड ४–० को अवस्थामा रह्यो । यता, ८९ औं मिनेटमा चेल्सीका लागि फेलिक्सले सान्त्वना गोल गरे ।

जितसँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३७ खेलबाट ७२ अंक छ । साथै यो नतिजासँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने भएको छ । चेल्सी भने ३७ खेलबाटै ४३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेत

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियाविरुद्ध खेल्दै

काठमाडौँ । एसीसी प्रिमियर कपमा आज नेपाली क्रिकेट टिमले मलेसियाविरुद्ध खेल्दैछ । साविक विजेता नेपालले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर

बैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

काठमाडौँ । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद

स्वास्थ्य जीवनशैलीका लागि नियमित व्यायाम गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । मंगलबार आयोजित

वेस्टइन्डिजको ‘ए’ र नेपालबीचको खेल तालिका सार्वजनिक

काठमाडौँ । वेस्टइन्डिजको ‘ए’ टिम र नेपालबीच हुने पाँच टी– २० खेलको खेल तालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट

विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ । आगामी जुन १ देखि २९

Techie IT