Techie IT
२०८१ असार ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलआयरल्याण्ड र स्कटल्याण्ड टी–२० विश्वकपमा छनोट

आयरल्याण्ड र स्कटल्याण्ड टी–२० विश्वकपमा छनोट


काठमाडौं । आयरल्याण्ड र स्कटल्याण्डले अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरेका छन् ।

युरोपियन क्षेत्रको छनोटमा बिहीबार आफू अनुकूल नतिजा आएपछि दुवै टोलीले लिग चरणको अन्तिम खेल अगावै विश्वकपमा स्थान बनाएका हुन् ।

बिहीबार जर्मनीविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि आयरल्याण्ड विश्वकपमा छनोट हुने १३औं टिम बन्दा बिहीबारै भएको खेलमा स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै विश्वकप छनोट हुने १४औं टिम बन्यो ।

७ टिम सहभागी युरोपियन छनोटमा स्कटल्याण्ड शतप्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । अर्को अपराजित टिम आयरल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र आयरल्याण्डबीच शुक्रबार हुने खेलले युरोपियन छनोटको विजेताको टुङ्गो लाग्नेछ ।

२०२४ मा हुने टी–२० विश्वकपमा कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ५ टिम रहेको चार समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सिधै छनोट हुँदा गत वर्षको टी–२० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् । यस्तै, २०२२ नोभेम्बरको टी–२० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेशले पनि सोझै विश्वकप खेल्नेछन् ।

बाँकी ८ स्थानका लागि टी–२० विश्वकपमा युरोप, एसिया र अफ्रिकाबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १–१ टिम छनोट हुनेछन् ।

एसिया क्षेत्रको अन्तिम चरणको छनोट आगामी नोभेम्बरको पहिलो सातामा नेपालमा आयोजना हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्

दीपेन्द्रसिंह ऐरी पुगे ‘अलराउन्डर’को छैठौँ नम्बरमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

Techie IT