Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलवडास्तरीय फुटबलः पोखरा–१४ लाई उपाधि

वडास्तरीय फुटबलः पोखरा–१४ लाई उपाधि


पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो ।

वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गरे । यामबहादुर खेलको म्यान अफ दी म्याच घोषित भए । विजेता वडा नम्बर १४ ले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । उपविजेता वडा नम्बर १५ ले रु एक लाख प्राप्त गर्यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भइ रु १५ हजार पुरस्कार पाए ।

त्यस्तै वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता खेलाडी तथा प्रशिक्षकलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे । कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भएको उक्त प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडा सहभागी थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङलाई एनआरटीले हरायो

काठमाडौँ। न्युरोड टिम (एनआरटी)ले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा एनआरटी

मछिन्द्रले हिमालयन शेर्पालाई हरायो

काठमाडौँ। मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार त्रिपुरेश्वरस्थित दशरथ

‘ए’ डिभिजन लिग सकिनै लाग्दा एन्फाले पायो मुख्य प्रायोजक

काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिनै लाग्दा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रायोजक पाएको छ। लिगको २५ औं

कुन क्लबमा अनुबन्ध होलान् त ह्यारी केन ?

एजेन्सी । टोटनहमका स्टार खेलाडीलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबीच प्रतिस्पर्धा भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई

बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले

चर्च ब्वाईज पहिलो सिजनमै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ। चर्च ब्वाईज युनाइटेडले पहिलो सिजनमै शहिद सम्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको २५ औं

Techie IT