Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतकी देविका नियुक्त

महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतकी देविका नियुक्त


काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन्।

नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी २० एसिया क्षेत्र छनोटका लागि ब्याटिङ प्रशिक्षकमा रुपमा नियुक्त गरेको हो। क्यानले महिला टोलीका लागि पहिलोपटक विदेशबाट प्रशिक्षक ल्याएको हो।

देविकाले भारतबाट एक टेस्ट र १५ ओडीआई खेलेकी छन्। भारतीय क्रिकेट बोर्डले गत वर्ष आयोजना गरेको वुमन्स प्रिमियर लिगमा देविकाले मुम्बई इन्डियन्सको टोलीमा ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेकी थिइन्।

टी २० विश्वकप छनोटका लागि नेपालले यसअघि नै २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ। विश्वकप टी २० एसिया छनोट अगस्ट ३१ देखि सेम्टेम्बर ९ सम्म मलेसियामा हुनेछ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र यूएई छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT