नेपाल काजकस्तानसँग पराजित
काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ सेट जित्दै काजकस्तान फाइनलमा पुग्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट नेपालले ३०–२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५–१६ को अन्तरले सहजरूपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५–१५ ले जितेको थियो । चौथो सेट काजकिस्तानले २५–१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।
पाँचौं तथा निर्णायक सेटमा काजकस्तानले १५–७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । अब फाइनलमा काजकस्तानले भारतसँग खेल्नेछ । पराजित नेपालले अब तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे