गृहपृष्ठ ∕ खेल ∕ बायर्नले जित्यो बुन्डेसलिगाको उपाधिबायर्नले जित्यो बुन्डेसलिगाको उपाधि नेपालीपत्र शनिबार, २०८० जेठ १३ गते, २१:२८ मा प्रकाशित खेल एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । भर्खरै सम्पन्न खेलमा एफसी कोल्नलाई २–१ ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।खेलको आठौं मिनेटमा किंग्स्ले कोमानले गोल गर्दै पाहुना टोली बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा डेजान जुविचिचले पेनाल्टीमा गोल गर्दै कोल्नलाई १–१ को बराबरीमा ल्याए ।८९ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई जितमात्र दिलाएनन् जारी सिजनको उपाधि समेत दिलाए । यता, माइन्जसँग २–२ गोलको बराबरीसँगै डर्टमण्ड भने उपाधि जित्न चुक्यो ।डर्टमण्डलाई जितको आवश्यक थियो । समान ७१–७१ अंक भएपनि बायर्न गोलडिफरेन्सको आधारमा च्याम्पियन बनेको हो । #बायर्न म्युनिख #बुन्डेसलिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजोधेरै पढिएका खबर १ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन २ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ३ पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना ४ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ५ मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते ६ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा ७ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैThe Film Nepal